FLASH NEWS


प्रेस चौतारी धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ माघ २०, आईतबार (१ हप्ता अघि)
  • १११

    Shares

प्रेस चौतारी धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ

धादिङ:    प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ चयन भएका छन् । शनिबार धादिङबेसीमा सम्पन्न एघारौं जिल्ला अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रेखबहादुर गुरुङ, महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिलकुमार नेपाली, कोषाध्यक्षमा उपेन्द्र अधिकारी, सहसचिवमा विनोद तमु र विरमान तामाङ चयन भएका हुन् । 

यस्तै सदस्यहरुमा रिताकुमारी सारु (चिनो), अशोक श्रेष्ठ, सुदिप अधिकारी र शर्मिला शाक्य चयन हुनु भएको छ।

शनिबार जिल्लाको सदरमुकाम धादिङबेशीमा प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ११औं जिल्ला अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले प्रदेश प्रतिनिधिमा लक्ष्मी भुजेल, रिता कुमारी सारु (चिनो), सुदिप अधिकारी र बिरमान तामाङ चयन हुनु भएको छ । केन्द्रीय प्रतिनिधिमा केशव अधिकारी, तारा रिजाल, श्री हजुर सिल्वाल, नानु कार्की चयन हुनु भएको छ ।

उद्घाटन समारोहको सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् इन्चार्ज खेम लोहनीले पार्टीले प्राप्त गरेको हरेक उपलब्धिमा प्रेस चौतारीको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । ‘पार्टीले गरेका कामहरुको प्रचारप्रसारमा पत्रकार तथा संचारमाध्यमले ठूलो भूमिका खेल्दै आएको छ’ उहाले भन्नु भयो – ‘प्रेस चौतारीसँग अझै थप सहकार्य हुनेछ । प्रेस चौतारीलाई पार्टी कस्तो सहयोग गर्न पर्नेछ । पार्टी र संगठनलाई बलियो बनाउन घनिभूत रुपमा छलफल गरेर अघि बढौं ।’

त्यस्तै, प्रेस चौतारीका नेता विष्णुमणी सुवेदी, प्रेस चौतारी नेपालका केन्द्रीय समितिका उपाध्यक्ष द्धय गणेश पाण्डे, राजेश राई, महासचिव हिरामान लामा, सचिव विष्णु तारुके, सदस्य शालिग्राम नेपाल, धर्मन्द्र दाहाल लगायतले प्रेस चौतारीलाई थप उचाईमा पुर्याउन र पार्टीको एजेण्डा र लक्ष्य सफल बनाउने काममा प्रेस चौतारीले थप अब्बल भूमिका खेल्ने बताउनु भयो ।

उपेन्द्र अधिकारीलाई कृयाशिल पत्रकारिता पुरस्कार

अधिबेशनको अवसर पारेर प्रेस चौतारी धादिङले हरेक बर्ष बितरण गर्दै आईरहेको प्रेस चौतारी कृयाशिल पत्रकारिता पुरस्कार २०८१ का लागि कृषि रेडियोका संचालक पत्रकार उपेन्द्र अधिकारीलाई प्रदान गरिएको थियो ।धादिङको थांक्रे गाउँपालिका ९ घर भई २०६३ साल देखि पत्रकारितामा कृयाशिल अधिकारीलाई नगद ५ हजार राशीको प्रेस चौतारी कृयाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

यो पुरस्कार जिल्लामा रहेर पत्रकारितामा सक्रिय प्रेस चौतारीका सदस्यले पाउने गरेका छन् । अहिले सम्म यो पुरस्कार सीताराम अधिकारी, केशव अधिकारी,रामेश्वर कार्की,सानुवाबु तिमिल्सिना,शंकर श्रेष्ठ, सरिता श्रेष्ठ,राजाराम डंगोल, अर्जुन श्रेष्ठ लगायतले प्राप्त गरिसकेका छन् ।

यसै गरी अधिबेशनको अवसर पारेर नेपाल पत्रकार महासंघ धादिङको कार्य समिति तथा प्रदेश र केन्द्रमा निर्वाचित हरुलाई पनि सम्मान समेत गरिएको थियो ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस