FLASH NEWS

धार्के–सितापाईला सडक खण्ड १५ दिनका लागि बन्द रहने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक २२, बिहिबार (१ साल अघि)
  • ४७६

    Shares

धार्के–सितापाईला सडक खण्ड १५ दिनका लागि बन्द रहने

धार्के:      धार्के सितापाईला सडक खण्ड शुक्रबार देखि पन्ध्र दिनको लागी बन्द गरिने भएको छ । स्तोरउन्नती सहित निर्माणाधीन अवस्थामा रहेको सडकमा बाँकी रहेका कालो पत्रे गर्ने काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले निकालेको सूचनामा उल्लेख गरिएको छ।

सडक डिभिजन कार्यालय नुवाकोटले सूचना जारी गर्दै, अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स र प्रहरीका सवारी साधन बाहेक अन्य सबै सवारीका लागि सडक बन्द हुने जानकारी दिएको छ। कालो पत्रे गर्न बाँकी रहेको स्थानमा शुक्रबार बाट काम सुरु हुनेछ।

सडक बन्दका कारण राजधानी काठमाडौँ प्रवेश गर्न आउने सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ। धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले यात्रुहरूलाई धार्के –नौविसो–नागढुङ्गा सडक र गल्छी–विदुर–छहरे–टोखा सडकको प्रयोग गर्न समेत आग्रह गर्नुभएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस