FLASH NEWS

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८१ आश्विन २०, आईतबार (१ साल अघि)
  • ६४८

    Shares

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला गरेको छ।

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँ बिक्रीमा खुुला गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको जानकारी दिनु भयो । हेटौँडाबाट पहिलो लटमा २०८ खसीबोका आइपुुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उहाको भनाइ छ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याएको छ। चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ। यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ।

निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । दशंँमा ठुूलो सङ्ख्यामा खसीबोकाको खपत हुने हुुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरि उपत्यका ल्याएर बिक्री गर्छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस