FLASH NEWS


१८ औँ विश्व रेविज दिवसको अवसरमा धादिङमा सप्ताहव्यापी खोप अभियान सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ आश्विन ६, आईतबार (५ महिना अघि)
  • १२२

    Shares

१८ औँ विश्व रेविज दिवसको अवसरमा धादिङमा सप्ताहव्यापी खोप अभियान सुरु

 धादिङ:   १८ औँ विश्व रेविज दिवसको अवसरमा जिल्ला पशु सेवा कार्यलय धादिङको आयोजना र नीलकण्ठ नगरपालिका पशु सेवा शाखाको प्राविधिक सहयोग तथा बिभिन्न सस्थाको समन्वयमा सप्ताहव्यापी रेविज रोग विरुद्ध निशुल्क खोप अभियान सुरु भएको छ ।

अवरोध हटाऔँ, रेविज उन्मुलन गरौँ भन्ने मुल नाराका साथ सदरमुकाम धादिङबेशी स्थित पुछारबजारबाट अभयान सुरु गरिएको जिल्ला पशु सेवा कार्यलय धादिङका सुचना अधिकृत पुन्यावती खाकुरलले टोलटोलको खबरलाइ जानकारी दिनु भयो।

सप्ताहव्यापी अभिायनको आइतबार पहिलो दिन बजार क्षेत्रमा रहेका ५३ वटा सामुदायिक कुकुरमा एन्टिरेविज खोप लगाइएको उहाको भनाइ छ।
यो सप्ताहव्यापी अभियान असोज १२ गतेसम्म संचालन हुने हुँदा घर पालुवा/सामुदायिक कुकुर तथा बिरालोहरुलाई निशुल्क रेविज रोग विरुद्ध खोप लगाइने भएकोले पशु सेवा कार्यलय तथा नीलकण्ठ नगरपालिका पशु शाखामा आएर खोप लगाउन अनुरोध गरिएको छ ।

सन २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मृत्युको अन्त्य गर्ने लक्ष्य रहेको हुँदा प्रत्यक बर्ष अभियानको रुपमा खोप कार्यक्रम संचालन हुँदै आएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस