FLASH NEWS

आज राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीसहित अन्य मन्त्रीहरुले जवाफ दिने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ श्रावण ३१, बिहिबार (१ साल अघि)
  • २६१

    Shares

आज राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीसहित अन्य मन्त्रीहरुले जवाफ दिने

३१ साउन, २०८१:   राष्ट्रिय सभामा बिहीबार प्रश्नोत्तरको कार्यसूची रहेको छ। दिउँसो १ : १५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिFचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस