FLASH NEWS

थाक्रेमा वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ भाद्र २८, आईतबार (२१ मिनेट अघि)
  • Shares

थाक्रेमा वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
थाक्रे, धादिङ : थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको गाउँपालिकास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालन तथा सम्पन्न भएका विभिन्न कार्यक्रमको समीक्षा गर्दै आगामी योजनाका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट भएका गतिविधि, उपलब्धि तथा आगामी दिनमा स्वास्थ्य सेवाको प्रभावकारिता बढाउने विषयमा समीक्षा तथा योजना तर्जुमा गरिएको जनाइएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रम भदौ २६ र २७ गते सञ्चालन भएको हो। कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
गाउँपालिकाले आगामी दिनमा स्वास्थ्य सेवा थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमैत्री बनाउने उद्देश्यसहित योजनाबद्ध रूपमा अघि बढ्ने जनाएको छ।
उक्त कार्यक्रमको सहजीकरण जिल्ला जनस्वास्थ्य कार्यलय धादिका तथ्यांक अधिकृत राजन चालिसे गर्नुभएको थियो।
हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस