९
Shares
नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज भाद्र शुक्ल द्वितीयाका दिन दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ।
तीजमा विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली तथा दिदीबहिनीलाई घरमा बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरमा दूधजन्य परिकार, रोटी, घिउलगायत विभिन्न मिठा तथा पौष्टिक परिकार खाने चलन छ।
तीजलाई नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा पारिवारिक पर्वका रूपमा मनाइँदै आएको छ। तर पछिल्ला वर्षहरूमा तीजका नाममा बढ्दै गएको तडकभडक, खर्चिलोपन र उच्छृङ्खल गतिविधिप्रति संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गर्दै पर्वको मौलिकता र सांस्कृतिक पक्षलाई जोगाउन आग्रह गर्दै आएका छन्।
परम्परा र संस्कृतिको संरक्षण गर्दै मर्यादित तथा सभ्य रूपमा तीज मनाउनुपर्नेमा उनीहरूको जोड छ।









