१७०
Shares२४ भाद्र ,२०८०। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
ठूलो पुँजीपतिहरुलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई भने ऋण नदिएको अध्यक्ष ओलीको भनाइ छ । उहाले साना बैंक तथा वित्तीय संस्थाले बाख्रापालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको बताउनु भयो ।
आइतबार पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले च्यासलमा आयोजना गरेको कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनीको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताउनु भयो । सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उहाको भनाइ छ।
अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम भनेकै सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत समेत गराउनु भयो ।