१८१
Sharesनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ । ओलीको अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनु भयो ।
घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिरहनु भएको छ । ‘उहाको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ’, प्रेस संयोजक बजगाईंले भन्नु भयो , ‘भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ ।’
हिजो आइतवार अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्य लाभको कामना गरेका थिए ।