१४९
Sharesधादिङको थाक्रे गाउपालिका ६ महादेववेशीमा अभिमुखी कारण कार्यक्रम भएको छ। ” ”
दिगो बिकास र शान्तिका लागि बिपन्न समुदाय र युवा सहभागीता प्रबर्दन गरौ” भन्ने नाराको साथ् दिगो विकासका लागि साझेदारी सवलिकरण परियोजना पालिका स्तरिय परियोजना अभिमुखीकरण साथै सवालगत संबाद गरिएको थियो। सिड्स नेपाल धादिङको आयोजना, व्रोट फर दि वेल्टको सहयोग, संस्थागत विकास सञ्जालको साझेदारी दिगो विकासका लागि साझेदारी सवलिकरण परियोजनाका बारेमा थाक्रे गाउँपालिका जनप्रतिनिधिहरु , शिक्षक, सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम गरिएको हो।
सिड्स नेपालद्धारा सञ्चालित दिगो विकासका लागि साझेदारी सवलिकरण परियोजनाको २०२३ का बारेमा जानकारी गराउँदै परियोजना सञ्चालन गर्नुको उद्देश्यका बारेमा जानकरी समेत गराएको सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताउनु भयो ।
यस परियोजनाले पालिकाको सुशासन प्रबर्दन र सेवा प्रबाह प्रभावकारी बनाई सामुदायिक शान्ति सुशासन नागरिक सचेतना केन्द्र वडा र पालिका स्तरिय सञ्जालमा छलफल भएका विषय वस्तुका बारेमा सहभागीहरुलाई जनकारी गराईएको रुपाखेतीले बताउनु भयो ।
कार्यक्रममा थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बराल, विभिन्न वडाका वडा अध्यक्षहरु सामाजिक अभियान्ताहरू र अन्य सरोकारवालाको सहभागीता रहेको थियो ।