FLASH NEWS

अखिल नेपाल किसान महासंघ धादिङले मलको मुल्यवृद्धि खारेज गर्न माग

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ चैत्र ३, शुक्रबार (१ साल अघि)
  • १३४

    Shares

अखिल नेपाल किसान महासंघ धादिङले मलको मुल्यवृद्धि खारेज गर्न माग

धादिङ । अखिल नेपाल किसान महासंघ धादिङले मलको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ ।

महासंघ धादिङले मलमा गरिएको मलमा गरिएकाे अनुदान कटाैतीले मूल्य वृहुनेे भएकाेले बढेको मुल्य तत्काल खारेज हुनुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहिबार अखिल नेपाल किसान महासंघ धादिङका अध्यक्ष कमल गुरुङको नेतृत्वमा गएको टोलिले प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई ज्ञापन पत्र बुझाएका हुन् । बाली लगाउने बेलासम्म मलको अभाव व्यहोर्दै आएका कृषकलाई अनुदान कटाैतीले झनै मारमा परेको र सरकारले किसानहरुलाई निरुत्साहित गरेको अाराेप ज्ञापनपत्रमा लगाईएकाे छ ।

किसान महासंघ धादिङले मुल्य कम नगरे देशभरका किसानहरु सडकमा उत्रने चेतावनी दिएको छ । सोमवार प्रचण्ड नेतृत्वको सरकारले मलमा दिइएको अनुदान घटाएर मुल्य वृद्धि गरेको थियो ।

सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ । अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो रू २५, डिएपी प्रतिकिलो रू ५० र पोटास प्रतिकिलो रू ४० मा बिक्री वितरण हुनेछ । यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो रू १४, डिएपी प्रतिकिलो रू ४३ र पोटास प्रतिकिलो रू ३१ मा बिक्री वितरण भइरहेको थियो ।

साबिकभन्दा अब युरिया प्रतिकिलो रू ११, डिएपी प्रतिकिलो रू सात र पोटास प्रतिकिलो रू नौ महँगो पर्ने भएको छ । सरकारले यसअघि युरियामा ८० प्रतिशत, डिएपीमा ६० प्रतिशत र पोटासमा ५९ प्रतिशत अनुदान दिइरहेको थियो ।

तर अब युरियामा ६४ दशमलव ४९, डीएपीमा ५२ दशमलव ३८ र पोटासमा ४६ दशमलव ०९ प्रतिशत मात्रै अनुदान दिइनेछ। नेपालका लागि वार्षिक पाँच लाख २० हजार मेट्रिक टन रासायनिक मल आवस्यक पर्छ । मलमा कृषकलाई अनुदान उपलब्ध गराउन चालु आर्थिक वर्ष २०७९÷८० को बजेटमा रू १५ अर्ब ६ लाख छुट्याइएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस