FLASH NEWS

थाक्रेमा ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरियो

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ फागुन २४, बुधबार (१ साल अघि)
  • ३४४

    Shares

थाक्रेमा ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरियो

थाक्रे ।   धादिङको थाक्रे गाउपालिकामा ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम भएको छ।
“लैंङ्गिक समानताको बलियो आधार: सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार” भन्ने नाराका साथ आज
गाउपालिकाका निर्वाचित जनप्रतिनिधि हरु ,महिला समूह ,आमा समूह तथा महिला सहकारी सस्था र अन्य महिला संग सम्बन्धित समुहका प्रतिनिधि हरुको उपस्थितिमा उक्त अन्तरक्रिया कार्यक्रम मनाइएको पालिकाले जनाएको छ। थाक्रे गाउपालिकाको अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगीले )स्वागत गर्नु हुदै कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो। त्यस्तै उर्मिलाल रेग्मीले महिला जनप्रतिनिधिको भुमिका के हो ,महिला जनप्रतिनिधि हुदा का समस्या चुनौती लगाएतको विषयमा जानकारी गराउनु भएको थियो।
पालिकाका सस्थापक उपाध्यक्ष तथा सृष्टि फाउन्डेसन नेपालको अध्यक्ष अम्बिका रुपाखेतीले महिलाहरुको हक अधिका, मौलिक हक, लैंङ्गिक समानता लागाएतको विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रमका बोल्नु हुदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत सबिन सिंह चौधरीले पालिकामा महिलाहरुको राम्रो सहभागिता रहेको र पालिकाले पनि तेही अनुसार बिभिन्न कार्यक्रम हरु लेराएर बजेट राखिएको बताउनु भयो। त्यस्तै गाउपालिकका अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष रामकुमार आचार्यले महिला हरुको अगुवाई र महिला हरुको आन्दोलनले गर्दानै हामि यस ठाउ सम्म आइपुगेको बताउदै पालिकाले पनि नीति र कार्यक्रम बनाएर अगाडि बढिरहेको बताउनु भयो। पालिकाले अझ महिला हरुको लागि सबै ठाउमा सहज तरिकाले कार्यक्रम पुगोस भनेर एक घर एक सदस्य बानाइ काम गरिरहेको बताउनु भयो। कार्यकममा गाउपालिकाका निर्वाचित जनप्रतिनिधि हरु ,महिला समूह ,आमा समूह तथा महिला सहकारी सस्था र अन्य महिला संग सम्बन्धित समुहका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस