FLASH NEWS


जिल्ला प्रहरी कार्यलय धादिङ को अनुरोध

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ फागुन १९, शुक्रबार (१ साल अघि)
  • २६७

    Shares

जिल्ला प्रहरी कार्यलय धादिङ को अनुरोध

प्रहरी धादिङ जिल्ला प्रहरी कार्यलय धादिङले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ। जिल्ला प्रहरी कार्यलय धादिङले एक सन्देश जारी गर्दे होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको हो । त्यस्तै आत्मिय रुपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरुको समुहहरुमा होली नखेल्न आग्रह गरेको छ । त्यस्तै कसैको इच्छा विपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहोर पानी प्रयोग नगर्न, महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारीसाधन नचलाउन पनि आग्रह गरेको छ । त्यसैगरी अशक्त, महिला,बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई दुव्र्यवहार नर्गन, रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा पकेटमारी लुटपाट जस्ता घटनाहरु हुने सम्भावना भएकाले सावधान रहन पनि आग्रह गरेको छ । त्यस्तै कुनै पनि आपराधिक गतिविधि हुन लागे वा भएको थाहा भए नेपाल प्रहरीको हटलाइन १०० मा खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ । त्यस्तै नियम विपरीत कार्य गर्ने व्यक्ति उपर कानुन बमोजिम सजाय तथा जरिवाना हुने समेत जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस