FLASH NEWS

थाक्रे १० मा रहेको बाघ भैरब आधारभूत विद्यालयमा सरस्वतीको मुर्ति सथापना

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ माघ २८, शनिबार (२ साल अघि)
  • ६७२

    Shares

थाक्रे १० मा रहेको बाघ भैरब आधारभूत विद्यालयमा सरस्वतीको मुर्ति सथापना

थाक्रे धादिङ।  धादिङको थाक्रे गाउपालिका१० मा रहेको बाघ भैरब आधारभूत विद्यालयमा सरस्वतीको मुर्ति सथापना गरिएको छ। स्व. पिता सुर्य प्रसाद पौडेल र माता थत कुमारी पौडेलको सम्झनामा छोराहरु मिन प्रसाद पौडेल,तिलक पौडेल , रामचन्द्र पौडेल द्वारा उक्त मुर्ति सथापना गर्नु भएको हो। यस अघि तिलक पौडेलले उत्क विद्यालयमा बुद्धको पूर्ति पनि सथापना गर्नु भएको थियो।
कार्यक्रममा बाघ भैरब आधारभूत विद्यालयको सार्वासजिक सुनुवाई पनि गरिएको थियो। सार्वासजिक सुनुवाईमा विद्यालयका प्र अ यदु कुमार सुबेदीले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं थाक्रे १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछानेले विद्यालयमा सरस्वतीको मुर्ति स्थापना गरि सहयोग गरेकोमा मिन प्रसाद पौडेल,तिलक पौडेल , रामचन्द्र पौडेललाइ धन्यवाद दिदै अब भोलिका दिनहरुमा विद्यालयले पनि शिक्षा लाइ गुणस्तरीय बनाएर लैजान आग्रह गर्नु भयो। तेस्तै उक्त विद्यालयका विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष मिन प्रसाद पौडेलले पनि विद्यालयसुधार गर्न अभिभावक ,शिक्षक ,बिधार्थी , जनप्रतिनिधि सबै लाग्नु पर्ने बताउनु भयो। कार्यक्रममा थाक्रे १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछाने वडा सदस्य भरत लामा , देवकी पौडेल,देवेन्द्र थापामगर ,उमा सुनार। विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष मिन प्रसाद पौडेल सदस्य हरु ,अभिभावक बिधार्थी लागाएत को सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस