FLASH NEWS

धादिङमा २१ सय ९१ जना डेंगु संक्रमित

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक २३, बुधबार (३ साल अघि)
  • ४०१

    Shares

धादिङमा २१ सय ९१ जना डेंगु संक्रमित

धादिङमा पछिल्लो २४ घण्टामा थप १६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।१० जना पुरुष र ६ जना महिला गरी कुल १६ जना डेंगुका नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यो सँगै जिल्लामा कुल संक्रमित २ हजार १९१ पुगेको छ।

हालसम्म जिल्लाका १ हजार १८१ जना पुरुष र १ हजार १० महिला गरी कुल २ हजार १९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ ।

जिल्लाको कुल संक्रमितमध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् ।नगरपालिकामा हालसम्म १ हजार ३५४ जना संक्रमित भएका छन् भने गल्छीमा ११८, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०,ज्वालामुखीमा ८७, त्रिपुरासुन्दरीमा ७९ जनामा संक्रमण भएको छ।

यस्तै सिद्धलेकमा ६९, गंगाजमुनामा ३१, थाक्रेमा १८,नेत्रावती डवजोङमा १४,रुवीभ्यालीमा १२ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ९ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ ।

अझै केही समय डेंगु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ। जाडो बढेसँगै डेंगु कम हुँदै जाने अनुमान गरिएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस