FLASH NEWS

विश्व रेबिज दिवसको अवसरमा खानीखोलामा सचेतना कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ आश्विन १२, बुधबार (३ साल अघि)
  • ४९३

    Shares

विश्व रेबिज दिवसको अवसरमा खानीखोलामा सचेतना कार्यक्रम सम्पन्न
धादिङको धुनिबेसी नगरपालिका वार्ड न ८मा  एक स्वास्थ्यको अबलम्बन, रेबिजबाट शून्य निधन भन्ने मूल नाराका साथ खानीखोलामा रहेको  शान्तिदीप एकेडेमीमा एक स्वास्थ्य तथा रेबिज रोगबारे विद्यालय सचेतना कार्यक्रम सम्पन्न  भएको छ  ।
विश्व रेबिज दिवस सेप्टेम्बर को  अवसरमा धुनिबेशी नगरपालिकाको आयोजना, नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेशको सहकार्य तेस्तै  हेफर इन्टरनेसनल नेपाल र फोकस नेपाल, धादिङको साझेदारीमा  कार्यक्रम भएको हो । कार्यक्रममा जैविक प्रतिनिरोधक , जुनोटिक रोग, साथै रेबिज रोगको बारेमा शान्तिदीप एकेडेमीका कक्षा ९ मा अध्यनरत बिधार्थीलाई अभिमुखीकरण गरिएको थियो ।
धुनिबेसी नगरपालिका वार्ड न ८ का वड़ा सदस्य  राजकुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा धुनिबेसी नगरपालिका पशु सेवा शाखा प्रमुख  टंक बहादुर कटुवाल , नौबिसे स्वास्थ्य चौकीका इन्चार्ज गीता भट्ट  शान्तिदीप एकेडेमीका प्रा अ  दिनेश भट्ट  हेफर इन्टरनेसनल नेपालबाट डा. राजेन्द्र ढकाल र डा. मन्जिल निरौला, फोकस नेपालबाट सागर धिताल, आशिष छत्कुली, रेश्मा गिरि र लक्ष्मी भट्टराई बिधार्थीहरु  लगाएतको  उपस्थिती रहेको  थियो । कार्यक्रममा धुनिबेसी नगरपालिकाका पशु तथा पन्छी शाखा प्रमुख टंक बहादुर कटुवालले रेबिज रोगको बारेमा र हेफर इन्टरनेशनल नेपालका डा. राजेन्द्र ढकालले एक स्वास्थ्य अबधारणाबारे प्रकाश पार्नु भएको थियो ।
सम्बन्धित सबै सरोकारवाला पक्षको समन्वयात्मक सहकार्यद्वारा मात्र मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्य संरक्षण तथा प्रबर्धन गर्न सकिने कुरा प्रस्ट पारे । पशुपन्छी स्वास्थ रहेमा मात्र मानिस तथा वातावरण स्वास्थ हुने भएकाले मानिस तथा पशुपन्छीका चिकित्साकर्मीले संयुक्त रुपमा एक स्वास्थ्यको मार्गदर्शन अनुरुप कार्य गरे मानिस, पशुपन्छी तथा वातावरण स्वास्थ्य राख्न सकिने कुरा पुष्टि भइसकेको  उल्लेखगर्नुभयो साथै, धुनिबेसी नगरपालिका पशु सेवा शाखाबाट निशुल्कमा कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम असोज  २०७९/०६/१२ गते देखि सञ्चालन गरिएको समेत  जानकारी गराइएको थियो  ।
हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस