FLASH NEWS

आज चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम)

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० भाद्र २२, शुक्रबार (२ साल अघि)
  • ३३९

    Shares

आज चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम)

तस्विर केशब अधिकारि 

२२ भाद्र ,२०८०।     आज चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम)
चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको धादिङ , मकवानपुर र चितवनमा सार्वजनिक बिदा दिइएको हो।

केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिनु भयो ।

प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा जुटेको भन्दै कानुनमन्त्री श्रेष्ठले न्वागी पर्वका अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भनी शुभकामना समेत दिनु भएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस