FLASH NEWS

थाक्रे गाउँपालिका वडा नम्बर ७ र ८ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० भाद्र १९, मंगलबार (२ साल अघि)
  • ५३९

    Shares

थाक्रे गाउँपालिका वडा नम्बर ७  र ८ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

१९ भाद्र ,थाक्रे ।       धादिङको थाक्रे गाउँपालिकाले वडा नम्बर ७ र८ ले सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिका अन्तर्गत वडामा भएका कार्यक्रम र सेवा प्रवाहका,योजना र गतिविधि सार्वजनिक गरेको हो ।

आ.व २०७९/८० मा थाक्रे गाउँपालिका अन्तर्गत वडा नम्बर ७ र ८ मा सञ्चालन भएका कार्यक्रम तथा योजनाका बारेमा सम्बन्धित वडाका वडा अध्यक्षहरुले जानकारी गराउनु भएको हो्।

सार्जजनिक सुनुवाई कार्यक्रममा पालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा, वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडा र वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम बहादुर थापाले उठेका सवाल र जिज्ञासाको जवाफ दिनु भएको थियो । सहभागीहरुले सडक, शिक्षा, स्वास्थ्य,कृषि, शुषासन लगायतको बारेमा प्रश्न र जिज्ञासा उठाएका थिए ।

उठेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिदै जवाफदेही बक्ताले गाउँपालिकाबाट प्रवाह भएको सेवाको बारेमा समस्या, गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गर्नु भएको छ । त्यस्तै पालिकाका अध्यक्ष रामकुमार आचार्यले उठेका सवाल र जिज्ञासाको जवाफ दिनुहुहै आफ्नो पालिका वा वडा भित्र रहेको जानकारीहरु सोध्न सार्वजनिक सुनुवाईमा मात्र नभई अरु समयमा पनि निर्धक्क भएर सोध्न आग्रह गर्नु भय। साथै नागरिकहरुले पनि पालिका वा वडाले गरेका काम हरुको निगरानी गर्ने अनुगमन गर्ने गरेमा कामहरु अझ राम्रो हुने बताउनु भयो।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजी कारण पत्रकार समाज धादिङले गरेको हो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस