FLASH NEWS

थाक्रे गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र १३, बुधबार (२ साल अघि)
  • ४६९

    Shares

थाक्रे गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना

१३ भाद्र , थाक्रे ।     थाक्रे गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेको छ । बुधबार पालिकाको नवनिर्मित भावनामा गाउँपालिका अन्तर्गत भएका कामकारबाही र सेवा प्रवाहका गतिविधिहरुको सार्वजनिक गरेको हो ।

सार्जजनिक सुनुवाई कार्यक्रममा पालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बरालले उठेका सवाल र जिज्ञासाको जवाफ दिनु भएको थियो । सहभागीहरुले सडक, शिक्षा, स्वास्थ्य, शुषासन लगायतको बारेमा प्रश्न र जिज्ञासा उठाएका थिए

उठेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिदै जवाफदेही बक्ताले गाउँपालिकाबाट प्रवाह भएको सेवाको बारेमा समस्या, गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गरे ।
पालिकाका अध्यक्ष रामकुमार आचार्यले उठेका सवाल र जिज्ञासाको जवाफ दिनुहुहै आफ्नो पालिका भित्र रहेको जानकारीहरु सोध्न सार्वजनिक सुनुवाईमा मात्र नभई अरु समयमा पनि निर्धक्क भएर सोध्न आग्रह गर्नु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस