FLASH NEWS

सोमबार संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिए

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० भाद्र ११, सोमबार (२ साल अघि)
  • ४१४

    Shares

सोमबार  संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिए

११ भाद्र, २०८०।     प्रतिनिधिसभाको अन्तर्गतको संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथ आज लिएका छन्।

कृषि समितिको हलमा आज साँझ आयोजित विशेष कार्यक्रमबीच नर्वनिर्वाचित १० वटै समितिका सभापतिहरुले सभामुख देवराज घिमिरेसामु पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्।

शपथग्रहणलगत्तै नवनियुक्त सभापतिहरुले शपथपत्रमा हस्ताक्षर गरेका थिए। १० वटै समितिमा आज सर्वसम्मत सहमति जुटेपछि समितिले पूर्णता पाएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरे पनि अन्तिममा रास्वपाका गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिएपछि १० वटै समितिमा सर्बसम्मत सभापति चयन भएको हो।

पराजुलीले उम्मेद्वारी फिर्ता लिएसँगै जनमत पार्टीका अब्दुल खान सभापति चयन हुनुभएको हो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस