FLASH NEWS

आज श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र २, शनिबार (२ साल अघि)
  • ६४०

    Shares

आज श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती

२ भदौ, २०८०  ।      आज श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती। जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले वराहको अवतार लिई उद्धार गरेको पौराणिक मान्यताअनुरूप यो पर्व मनाइने गरिन्छ ।

वराहरूपी भगवान् विष्णुको पूजा आराधना गरी वराह जयन्ती मनाइन्छ। यो अवसरमा उपत्यका लगाएत विभिन्न स्थानमा रहेका वराह/वाराही मन्दिरमा घुइँचो लाग्छ।

भगवान् विष्णुले विभिन्न तत्वबाट मानव समुदायलाई बचाउन मुख्यरूपमा दश अवतार लिएको धार्मिक मान्यता छ। सत्य युगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन वराह को रूप लिएको वराहलगायत पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिई असत्यबाट सत्यको रक्षा गर्ने पौराणिक मान्यता रहेको पनि धर्मशास्त्रविद्हरुको भनाइ छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस