FLASH NEWS

धादिङमा आज थप ७३ जनामा डेँगु संक्रमण पुष्टि, एकको मृत्यु

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० श्रावण ३२, बिहिबार (२ साल अघि)
  • ५५६

    Shares

धादिङमा आज थप ७३ जनामा डेँगु संक्रमण पुष्टि, एकको मृत्यु

३२ साउन २०८०।     धादिङमा आज थप ७३ जनामा डेँगु संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
डेंगु संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकामा ६४ जना, सिद्धलेकमा ५ जना, ज्वालामुखीमा २ जना, गजुरीको १ जना र अन्य जिल्लाको १ जना गरि ७२ जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
यो सँगै धादिङमा डेंगु संक्रमित संख्या १ हजार ७सय ५५ जना र १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्वालामुखी निवासी ७२ वर्षिय महिलालाई जटिल भएपछि जिल्ला अस्पताल धादिङबाट काठमाडौं रिफर गरिएको र ति महिलाको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
डेंगु संक्रमण जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङ र ,स्थानीय तहहरुले सुरक्षित रहन आग्रह गर्दै आएका छन् ।
त्यस्तै पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि स्थानीय तहरुले लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम समेत गरिरहेका छन्

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस