FLASH NEWS

अनुमतिबिना म्यानपावर खोल्ने दुइ कम्पनीलाई दुइ लाख जरिवाना

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण ३१, बुधबार (२ साल अघि)
  • २५४

    Shares

अनुमतिबिना म्यानपावर खोल्ने दुइ कम्पनीलाई दुइ लाख जरिवाना

३१साउन,२०८०। वैदेशिक रोजगार विभागले इजाजत पत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने २ मेनपावर व्यवसायीलाई कारबाही गरेको छ।

विभागले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम इजाजत पत्र नलिई सञ्चालनमा रहेका दुई मेनपावर व्यवसायीलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिएको हो। स्वीकृतिविना सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विज्ञापन गरी राहदानी संकलन गरेको पाइएपछि क्यापिटल रिक्युटमेन्ट सर्भिसेज र इगल मेनपावर कन्सलटेन्टलाई जनही २लाख रुपैयाँ जरिवाना गरिएको विभागका निर्देशक कविराज उप्रेतीले बताउनुभयो।

त्यस्तै सामाजिक सञ्जालमा विज्ञापन गर्दै सर्वसाधारणमा भ्रम सिर्जना गर्ने ललितपुरका दुईवटा सुयान एजुकेशन प्राली र एलाईट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरमा विभागले अनुगमन गरेको छ। स्थलगत अनुगमन गरी आवश्यक कागजात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उप्रेतीले बताउनुभयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस