FLASH NEWS

अध्यक्ष ओली भन्छन सुन तस्करी छानबिन गर्न न्यायिक आयोग गठन हुनुपर्छ

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० श्रावण २८, आईतबार (३ साल अघि)
  • ४६५

    Shares

अध्यक्ष ओली भन्छन सुन तस्करी छानबिन गर्न न्यायिक आयोग गठन हुनुपर्छ

२८ साउन, २०८०    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभएको छ ।

आज एमाले केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्यायिक आयाेग आवश्यक भएको बताउनुभयो । माथिल्लो तहको संलग्नता विना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी भइरहेकाे उहाँले दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले छानबिन समितिमा एमालेका मान्छे राख्न नभई देशलाई रित्याउनबाट जोगाउन न्यायिक आयाेग बन्नुपर्ने जिकिर गर्नुभयो । सरकारले विरोधलाई मत्थर पार्न सांसद सुनील शर्मालाई नक्कली प्रमाणपत्रको पुरानो मुद्दामा गिरफ्तार गरेको समेत उहाँले दाबी गर्नुभयो ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस