FLASH NEWS

गल्छी गाउपालिका ६मा मेलमिलाप केन्द्र स्थापना

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० श्रावण ५, शुक्रबार (२ साल अघि)
  • ४७५

    Shares

गल्छी गाउपालिका ६मा मेलमिलाप केन्द्र स्थापना

५ साउन ,२०८० गल्छी।      धादिङको गल्छी गाउपालिका ६ ले मेलमिलाप केन्द्र स्थापना गरेको छ।
गल्छी गाउँपालिका वडा नं. ६को कार्यालय बैरेनीले शुक्रबार एक कार्यक्रम विच मेलमिलाप केन्द्र स्थापना गरेको हो।
विवादको साटो, मेलमिलापको बाटो भन्ने नाराकासाथ् रामचन्द्र दुवाडिको संयोजगत्वमा ३ जनाको समिति बनाएको हो। जसमा संयोजक रामचन्द्र दुवाडि, सदस्यहरुमा राधा पाण्डे र राधिका रेग्मी रहनु भएको कार्यक्रमका अध्यक्ष तथा गल्छी गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कार्कीले जानकारी दिनु भयो।


कार्यक्रमा प्रमुख अतिथि पालिकाका उपाध्यक्ष तथा पालिकाका न्यायिक समिति संयोजक भाईकाजी तिवारी रहनु भएको थियो भने विषेस अतिथिमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेल रहनु भएको र वडा सचिब निता शर्माले संचालन गर्नु भएको कार्कीले टोल टोलको खबरलाइ जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस