FLASH NEWS

राष्ट्रपति निर्वाचन सन्दर्भमा एमालेको अभिमुखीकरण कार्यक्रम

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ फागुन २२, सोमबार (३ साल अघि)
  • २८५

    Shares

राष्ट्रपति निर्वाचन सन्दर्भमा एमालेको अभिमुखीकरण कार्यक्रम

नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचन सन्दर्भमा सोमबार अभिमुखीकरण कार्यक्रम गरेको छ ।

राष्ट्रपतिका उम्मेदवार पूर्व सभामुख एवम् एमाले उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको निजी सचिवालयका अनुसार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अभिमुखीकरण कार्यक्रम गरिएको जनाइएको छ।

अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहित देशैभरका एमाले सांसद सहभागी रहेका थिए । राष्ट्रपति निर्वाचनको सन्दर्भमा फागुन २२ गते सोमबारको मध्यरातिदेखि प्रचारप्रसारमा निषेध अवधि तोकिएको छ । राष्ट्रपति पदमा एमालेका नेम्वाङ र पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ । तस्बिर: एमाले अध्यक्ष ओलीको सचिवालय।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस