FLASH NEWS

नागढुंगा सुरूङमार्ग निर्माणका लागि एक वर्ष म्याद थप

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ माघ २३, सोमबार (३ साल अघि)
  • ४८२

    Shares

नागढुंगा सुरूङमार्ग निर्माणका लागि एक वर्ष म्याद थप

धादिङको सिस्नेखोलादेखि काठमाडौंको दहचोक सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङमार्ग निर्माणका लागि २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको छ ।

कोभिडपछि हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो। आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो। म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो । यो अवधिमा पनि काम नसकिने भएपछि फेरि म्याद थपिएको हो ।

निर्माण कार्य शुरु भएको ४२ महिना भित्रसम्पन्न गर्ने शर्तमा जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनल २०७६ कात्तिक २८ गतेदेखि औपचारिक रुपमा सुरुङ मार्गको निर्माण शुरु गरेको थियो । पहिलो सम्झौता अनुसार २०२३ अप्रिल भित्र आयोजनाको निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेमा तोकिएको अवधि भित्र निर्माण कार्य नसकिएपछि पसनः म्याद थपिएको आयोजनाले जनाएको छ ।

दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । सुरुङ मार्ग सम्पन्न भएपछि थानकोट नौैविसे सडक खण्डको लम्बाइ आठ किमि कम हुनेछ । नौबिसे नागढुंगा सडक खण्डमा हरेक दिन जस्तो घन्टौं जाममा बस्नुपर्ने बाध्यता रहँदै आएको छ । सुरूङमार्ग सञ्चालन आएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटसम्ममा आइपुग्ने दाबी सरकारी अधिकारीहरूको छ । सुरुङ मार्ग संगै राष्ट्रिय राजमार्ग सम्म पुग्नका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २।३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक समेत आयोजनाले बनाउनुपर्नेछ । हालसम्म आयोजनाको भौतिक निर्माण काम ४७.९० प्रतिशत मात्रै सकिएको बताईएको छ ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस