FLASH NEWS

आजको मौसम पूर्वानुमान

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ माघ १९, बिहिबार (३ साल अघि)
  • ४३४

    Shares

आजको मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

तराईका भू-भागहरुमा बिहानीपख लागेको हुस्सु दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस