FLASH NEWS

धुनिवेशीमा अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ पौष १, शुक्रबार (३ साल अघि)
  • ७५०

    Shares

धुनिवेशीमा अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न


धादिङको धुनिवेशी ५ कुमाईखोला मा रहेको महादेवस्थान माध्यमिक विद्यालयको पुस १० गते हुने  ३४ औं वार्षिकोत्सब समारोहको उपलक्ष्यमा शुक्रबार   आयोजना गरिएको अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
मच्छिन्द्र मा वि, भुवनेश्वरी मा वि, महेशधर्म मा वि, दशरथचन्द्र मा वि, महाङ्कालेश्वरी मा वि, महाकाली किसान मा विले  विभिन्न General Round, Subjective Round, Audio Visual Round तथा Rapid Fire Round मा सहभागी भएको महादेवस्थान माध्यमिक विद्यालयका प्रा अ अनिल रुपाखेतीले जानकारी दिनु भयो।


उक्त हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना हुन सफल हुने महेशधर्म मा वि, दशरथचन्द्र मा वि, महाकाली किसान मा वि र महाङ्कालेश्वोरी मा वि लाई वार्षिकोत्सबको दिन प्रमाणपत्र, मेडल शिल्ड द्वारा सम्मानित गरिने रुपाखेतीले टोल टोलको खबर लाइ जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस