FLASH NEWS

धादिङको थाक्रे गाउपालिका ८ मा रहेको महांकाल भगवतीको मेला आज बेलुका बाट सुरु हुने

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ मंसिर २७, मंगलबार (३ साल अघि)
  • १०४८

    Shares

धादिङको थाक्रे गाउपालिका ८ मा रहेको महांकाल भगवतीको मेला आज बेलुका बाट सुरु हुने

थाक्रे ,- धादिङको थाक्रे गाउपालिका ८ मा रहेको महांकाल भगवतीको मेला आज बेलुका बाट सुरु हुने भएको छ । परापुर्व कालदेखि चल्दै आएको जात्रा हरेक वर्ष धान्य पुर्णिमा कृष्ण पंचमी र सष्ठि तिथिको  २ दिन  लाग्ने गर्दछ। जात्रा यस वर्ष पनि आज र भोलि लाग्ने भएको हो। आज बेलुका देखि भोलि बेलुका सम्म लाग्ने जात्रा तथा मेलामा आज बेलुका पुजारीको गराबाट नेवार समुदायले महांकाल भगवती र गणेश को मुकुट सहितको २ वटा रथ लाइ सिगारिएर नेवारी बाजा र पन्चे बाजा सहित मन्दिरमा लेराइञ्छ र पुजा गरि रातभरि भक्त जनहरुले दियो बत्ति बाल्ने जागाराम बस्ने रमाइलो गर्ने  गर्दछन।

भोलि अर्थात सष्ठि तिथिका दिन बिहान नेवार समुदायको विशेष पुजा पश्चात अरु पुजा सुरु गर्ने गरिन्छ भने दिनभरि नेवारी वाजा पन्चे बाजा , खैजेडि भजन हरु बजाएर सिदुरे जात्रा गर्ने चलन रहेको छ। त्यस्तै बेलुका पुन: महांकाल भगवती र गणेश को मुकुट सहितको रथ पुजारीको घरमा लगेर राख्ने चलन रहेको छ। उक्त स्थानमा महांकाल गणेश,भगवती, नवदुर्गा ,शिव , राधा कृष्ण सप्तर्षि, लगायत को मन्दिर हरु रहेको छ ,जात्रा तथा मेलामा धादिङको थाक्रे धुनिबेशी ,काठमाण्डौ , मकवानपुरको  थाहा नगरपालिका लगायत को स्थानहरु बाट मेलामा  भटजन हरु सहभागी हुने गर्दछन।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस