FLASH NEWS

आज कुष्माण्ड नवमी तथा अक्षय नवमी पर्व मनाइँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ मंसिर २, बुधबार (३१ मिनेट अघि)
  • १५

    Shares

आज कुष्माण्ड नवमी तथा अक्षय नवमी पर्व मनाइँदै

आज कार्तिक शुक्ल नवमीका दिन कुष्माण्ड नवमी, अक्षय नवमी, अमला नवमी तथा धात्री नवमी पर्व मनाइँदैछ। यस अवसरमा अमलाको वृक्षको पूजा गर्ने धार्मिक परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार भगवान् विष्णु कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म अमलाको वृक्षमा निवास गर्नुहुन्छ। त्यसैले आजका दिन अमलाको वृक्षसँगै भगवान् विष्णुको विधिपूर्वक पूजाआराधना गर्ने गरिन्छ।
यस दिन पवित्र स्नान, पूजा, पितृ तर्पण तथा अन्नलगायतका वस्तु दान गर्नाले अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। कुष्माण्ड नवमीलाई धार्मिक तथा आध्यात्मिक दृष्टिले विशेष महत्त्वपूर्ण दिनका रूपमा लिने गरिन्छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस