FLASH NEWS

गोगनपानी साना किसान सहकारीको अध्यक्षमा बद्रीप्रसाद रुपाखेती चयन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक १७, मंगलबार (२ घण्टा अघि)
  • ३२

    Shares

गोगनपानी साना किसान सहकारीको अध्यक्षमा बद्रीप्रसाद रुपाखेती चयन

धादिङ :  धादिङको थाक्रे गाउँपालिका–११, बेलटारस्थित गोगनपानी साना किसान कृषि सहकारी संस्थाको २७औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले बद्रीप्रसाद रुपाखेतीको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा निर्मला पोखरेल अधिकारी र सचिवमा रामहरि थापा चयन हुनुभएको छ।

त्यस्तै, सदस्यहरूमा मधुप्रसाद सुवेदी, शुक्रबहादुर तामाङ, बलबहादुर नेपाल, सरस्वती अर्याल र राजुमान तामाङ चयन हुनुभएको छ। लेखा समिति संयोजकमा राधिका देवी पौडेल तथा सदस्यमा रोमनाथ सुवेदी र रामचन्द्र रिजाल चयन हुनुभएको छ।

संस्थाका अध्यक्ष बद्रीप्रसाद रुपाखेतीको अध्यक्षता तथा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष रुपाखेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका प्रबन्धक सञ्जय सुवेदीले प्रगति प्रतिवेदन तथा लेखा समिति संयोजक माधवप्रसाद खतिवडाले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वार्षिक प्रतिवेदनमा संस्थाको दैनिक कार्य सञ्चालन, सदस्य प्रोत्साहन कार्यक्रम तथा आगामी नीति र कार्यक्रम समेटिएको थियो।

साधारण सभाका अवसरमा सहकारीले विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने शेयर सदस्यहरूलाई नगदसहित सम्मानसमेत गरेको जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस