FLASH NEWS

धार्के-सीतापाइला सडक नागढुंगा-नौबिसे सडकको विकल्पमा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ ४, आईतबार (३ महिना अघि)
  • २४९

    Shares

धार्के-सीतापाइला सडक नागढुंगा-नौबिसे सडकको विकल्पमा

तस्बिर : नेपाल फोटो लाइब्रेरी

धादिङ:  प्रायजसो जाम र धुलो भइरहने नागढुंगा-नौबिसे सडकको विकल्प धार्के-सीतापाइला सडक बन्न पुगेको छ । काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रिने सवारीसाधनहरुले यो सडक रोज्न थालेका छन्।

नागढुंगा-नौबिसे सडकमा खाल्डैखाल्डा धुलो छन्। त्यसमाथि यो सडकमा स्तरोन्नतिको काम भइरहेकाले लामो समय सम्म जाम खेप्नु पर्ने भए पछि निजी सवारीसाधनले गत वर्षदेखि नै सीतापाइला-भीमढुंगा-धार्के सडक प्रयोग गर्न थालेका थिए। अहिले भने यात्रुवाहक माइक्रो बसलगायत साना तथा हलुका सवारीसाधन पनि यो सडक खण्ड भएर चल्न थालेका छन्। यो सडकको दूरी २४ किलोमिटर रहेको छ। यो सडक प्रयोग गर्दा करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के आइपुग्न सकिन्छ।

यो बाटोमा सवारी साधनको चहलपहल बढेपछि स्थानीयको आयआर्जन पनि बढेको छ। स्थानीयले उत्पादन गरेको तरकारी यात्रुले किनेर लैजाँदा उनीहरुलाई आम्दानीको स्रोत भएको छ। सडक छेउमै स्थानीय उत्पादन किन्न पाइन्छ। थोरै थोरै तरकारी बेच्न बजार सम्म पुग्न नपर्ने भएको छ।

यो सडकबाट दाया बाया देखिने मनमोहक तरकारीका फाँट ले पनि यात्रुलाई लोभ्याउने गरेको छ। मोटरसाइकलमा यात्रा गर्ने प्रायजसो यसको मजा लिइरहेका देख्न सकिन्छ।

धार्के–सीतापाइला सडक हालै बनेको भने होइन। नागढुंगा-नौबिसे सडक खण्डको चापलाई घटाउन २०४५ सालबाट नै यसको निर्माण सुरु गरिएको थियो। अहिले पनि पूर्ण रुपमा निर्माण सकिएको छैन। केही ठाउँमा अझै कालोपत्रे गर्ने काम जारि रहेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस