FLASH NEWS

धादिङबेशीमा गरे २६ जनाले रक्तदान

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन २५, आईतबार (१ साल अघि)
  • ५९८

    Shares

धादिङबेशीमा गरे २६ जनाले  रक्तदान

धादिङ :  धादिङको सदरमुकाम धादिङबेशीमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन्।

शनिबार ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ दशौँ जिल्ला सम्मेलन आयोजक कमिटी धादिङको आयोजनामा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा १४ महिला र १२ पुरुष गरि २६ जनाले रक्तदान गरेको धादिङ अखिल नेपाल महिला संघ दशौं जिल्ला सम्मेलन आयोजक कमिटि संयोजक अम्बिका रुपाखेतीले बताउनु भयो।

धादिङबेशीस्थित एडभान्स एकेडेमीमा भएको रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोग रहेको थियो।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस