३३४
Sharesधादिङ: मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लिले आफ्ना सदस्य हरुलाई आत्मा निर्भर बनाउने उदेस्यले अचार बनाउने तालिम सुरु गरेको छ।
धादिङको थाक्रे गाउँपालिका-११, बालुवाफाँटमा रहेको मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लिले ३ दिने अचार बनाउने तालिम सुरु गरेको हो।
तालिमबाट महिलाहरुले आफ्नै घरमा बसेर पनि खालि समयमा समयको सदुपयोग होस् र तेस्बाट आफुलाई खर्च ब्यबस्थापन गर्न सकुन र ब्यबसायिक रुपमा समेत काम गर्न सकुन भन्ने उदेश्यले उक्त तालिम राखियको सहकारीका अध्यक्ष उर्मिला रेग्मी रुपाखेतीले बताउनु भयो। तालिममा कागती , लप्सी ,अमला, मासु ,लसुन ,मुला ,गोलभेडा लगायतको अचार बनाउन सिकाइएको रुपाखेतीले बताउनु भयो।
आइतबार बाट सहकारीको हलमा सुरु भएको तालिम मंगलबार सम्म संचालन हुने छ। तालिममा ३५ जना महिलाहरु सहभागी रहेका छन् भने सहजीकरण रजनी लामाले गर्नु भएको सहकारीको ब्यबस्थापक सान्ति आचार्यले जानकारी दिनु भयो।