FLASH NEWS

राष्ट्रिय संगीतकर्मी संघ धादिङको अध्यक्षमा रजनी लामा चयन

  • टोलटोलको खबर
  • कला/साहित्य
  • प्रकाशित मिति:
  • २०८१ माघ ९, बुधबार (१ साल अघि)
  • ९९८

    Shares

राष्ट्रिय संगीतकर्मी संघ धादिङको अध्यक्षमा रजनी लामा चयन

धादिङ : कलाकारहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघ धादिङको अध्यक्षमा रजनी लामा चयन हुनुभएको छ।

सोमबार संघको सातौं साधारण सभा तथा चौथौं अधिवेशनले रजनीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।

नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुमन बि.टी, उपाध्यक्षमा दुर्गा बिडारी, रबि भट्टराई, यसोदा बिडारी, दशरथ डंगोल, दिपक बराल, सचिवमा राजेन्द्र दुतराज, उपसचिवमा देवी सिटौला, कोषाध्यक्षमा इन्द्र तामाङ्ग, सह कोषाध्यक्षमा बिना परियार, प्रवक्तामा विकाश घिमिरे, प्रचार प्रसार प्रमुखमा रस्मिता रिजाल, जनसम्पर्क विभाग प्रमुखमा सितल गिरी र कार्यक्रम संंयोजकमा इश्वर सेन्चुरीलाई चयन हुनुभएको छ।

त्यसैगरी, सल्लाहकारहरुमा निलम पन्त र कुमार बैरागी रहनुभएको छ।

यस अघि संघको अध्यक्षमा राजाराम डंगोल हुनुहुन्थ्यो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस