FLASH NEWS

आज दिनभरिको मौसमयस्तो रहनेछ हेर्नुहोस

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ पौष १६, मंगलबार (१२ महिना अघि)
  • ४२९

    Shares

आज दिनभरिको मौसमयस्तो रहनेछ हेर्नुहोस

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान नेपालको तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ।

मंगलबार दिउँसो कोशी प्रदेशका एक दुई स्थानमा बदलीको सम्भावना छ। बाँकी स्थानमा मौसम सफा रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घन्टामा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरो सम्भावना रहेको महाशाखाले औंल्याएको छ। सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस