FLASH NEWS

गुड स्टार्ट इङलिस स्कुलले मनायो भब्यताको साथ् राष्ट्रिय बाल दिवस

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ भाद्र २९, शनिबार (१ साल अघि)
  • १३८३

    Shares

गुड स्टार्ट इङलिस स्कुलले मनायो भब्यताको साथ् राष्ट्रिय बाल दिवस

धार्के ,धादिङ : राष्ट्रिय बाल दिवसको अवसरमा धादिङको धुनिबेशी ६ धार्केमा रहेको गुड स्टार्ट इङलिस स्कुलले भब्य कार्यक्रम गरेको छ।

“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने नाराको साथ राष्ट्रिय बाल दिवसको अवसरमा बिद्यालयले एस.ई.ई सम्मान, बिदाई तथा पुरस्कार वितरण समारोहको साथै विविध सास्कृतिक कार्यक्रम गरेको हो। शनिबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयले वर्ष भरी गरिएका अतिरिक्त क्रियाकलापमा प्रथ , दितिय र तृतीय भएका हरुलाइ पुरस्कार वितरणको साथै २०८० को एस.ई.ई मा सहभागी भएका विधार्थीहरुलाई बिदाइ तथा सम्मान गरेको हो ।

उक्त कार्यक्रममा बिद्यालायका प्रधानाध्यापक हर्क लामाले अभिभावक, स्थानीय, सरोकारवा लगाएत सबैको साथ सहयोगले गर्दानै बिद्यालाय यश स्थान सम्म आइपुगेको भन्दै सबैलाई धन्यवाद दिनुभयो । लामाले भोलिका दिनहरुमा पनि बिद्यालायलाई अझ अगाडि बढाउन महत्त्वपूर्ण भुमिका खेल्नुहुने अपेक्षा लिइएको बताउनु भयो।

तेस्तै कार्यक्रमका प्रमुखको अतिथी एवं धुनिबेशि ५ का वडा अध्यक्ष बिशाल भट्टराईले यश बिद्यायले बिद्यार्थीहरुको किताबी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलापहरु बाट पनि बाहिरी ज्ञान प्रदान गरेकोमा बिद्यालयलाइ धन्यवाद दिदै अझै उत्कृष्ट शिक्षा प्रदान गर्न आग्रह गर्नु भयो । उहाले बिद्यालयलाइ आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजु रेग्मिको अध्यक्षतामा सम्पन कार्यक्रममा बिद्यार्थी ,अभिभावक , स्थानीय लगाएको सहभागीता रहेको थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस