६२
Shares१२ साउन ,२०८१: धादिङ संचार सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा भएको छ । शुक्रबार संस्थाका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा भएको साधाराण सभामा
महासचिव अर्जुन श्रेष्ठले आर्थिक वर्ष २०८०÷०८१ कोे प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१÷२०८२ को लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्ष रेख बहादुर गुरुङले संस्थाको आर्थिक प्रतिवेदन तथा प्रस्तावित अनुमानित आय ब्याय प्रस्तुत गर्नुभएको भने लेखा समितिका संयोजक सन्तोषराज श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको तर्फबाट आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सभालाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले सहकारी आन्दोलनलाई जोगाउन संचारमाध्यमको भुमिका जरुरी रहेको बताउदै उहाँले सामुहिक भावना, सामुहिक आर्थिक स्थिती, सामुहिक अस्तित्वको भावनालाई कमजोर पारेर आफ्नोमात्र फाईदा पु¥याउन चाहने पुंजीवादी शक्तीहरु बिरुद्ध लड्दै शहकारी अन्दोलनलाई साथ दिन पत्रकारहरुलाई अग्रह समेत गर्नुभयो ।
कार्यक्रममा सहकारीका पृर्व अध्यक्षहरु, नेपाल पत्रकार महासघका अध्यक्ष तथा बिभिन्न पधादिकारी हरु सहकारीका सञ्चालक समिति सदस्यहरु र शेयर सदस्यहरुको सहभागिता थियो।