२५९
Shares२६ भाद्र धार्के। ईलाका प्रहरी कार्यालय खानीखोलाले समुदाय- प्रहरी साझेदारी कार्यक्रम गरेको छ।
धादिङको धुनिबेशी-६, धार्के, (तरकारी बजार)मा मंगलबार समुदाय- प्रहरी साझेदारी Community-Police Partnership(शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि कार्यक्रम गरेको हो ।
समुदाय – प्रहरी साझेदारी अन्तर्गत धुनिबेशी-६को सयले, मितेरीटोल, चालिसे , धार्के वजार , काफ्ले टोल , आचार्य टोल समेटेर वडा सदस्य राजकुमार कोइरालाको अध्यक्ष र वरिष्ठ सई जनक बस्नेत सदस्य सचिव रहने गरि ११ सदस्यीय समुदाय प्रहरी टोल समिती गठन गरेको हो ।
हर प्रहर, गाउँ र नगरी ! टोल टोलमा नेपाल प्रहरी !! भने नाराका साथ समाजमा घट्ने घटना न्यूनीकरण तथा अनैतिक कार्यहरु रोक्न उक्त समिति घठन गरिएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख देबेन्द्र बहादुर शाहले बताउनु भयो। नागरिकहरु पनि प्रहरी जतिनै जिम्मेवार रहेकोले सबैलॆ आ आफ्नो ठाउबाट सहयोग गर्नु पर्ने समेत शाहले बताउनु भयो
कार्यक्रममा धुनिबेशी ६ का वडा अध्यक्षा रमेश प्रसाद आचार्य , वडा सदस्यहरु स्थानिय , प्रहरी लगाएतको सहभागिता रहेको थियो।