FLASH NEWS

आज एमाले महासचिव पोखरेलसहितको टोली चीन जादै।

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० भाद्र १६, शनिबार (२ साल अघि)
  • २७६

    Shares

आज एमाले महासचिव पोखरेलसहितको टोली चीन जादै।

१६ भाद्र २०८०।     शनिबार नेकपा (एमाले)का महासचिव शंकर पोखरेल नेतृत्वको टोली सद्भावना भ्रमणका लागि चीन प्रस्थान गर्दैछ।

चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनु भयो।

भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेताहरु रहेका छन्।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङ्छिङ्, बेइजिङ र छिङ्हाइको भ्रमण गर्नेछ। यस क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ ।

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने जनाइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस