FLASH NEWS

 शुक्रबार देखि चीनसँगको उत्तरी सीमा तातोपानी नाका खुल्ने

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० भाद्र १५, शुक्रबार (२ साल अघि)
  • ४२७

    Shares

 शुक्रबार देखि चीनसँगको उत्तरी सीमा तातोपानी नाका खुल्ने

१५ भाद्र, २०८०।         शुक्रबार देखि चीनसँगको उत्तरी सीमानाका तातोपानी नाका खुल्ने भएको छ। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबार देखि खुल्ने लागेको ।

गएको मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनु भयो । ‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ’, उहाले भन्नु भयो ।

२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो। प्रजिअ न्यौपानेले शुक्रबारदेखि स्थानीयवासीका लागि पनि आवागमन खुल्ला गरिएको बताउनु भएको छ । उहाका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस