FLASH NEWS

नेकपा एमाले धादिङको आयोजनामा प्रशिक्षण कार्यक्रम शुरु

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० भाद्र ८, शुक्रबार (२ साल अघि)
  • ५०९

    Shares

नेकपा एमाले धादिङको आयोजनामा प्रशिक्षण कार्यक्रम शुरु

८ भाद्र,धादिङ। धादिङको सदरमुकाम धादिङ बेसिमा – नेकपा एमाले धादिङको आयोजनामा प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

शुक्रवार नेकपा एमालेका केन्द्रिय लेखा आयोगका अध्यक्ष एबम पार्टी स्थायी समिति सदस्य डाक्टर पुष्प कँडेलले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा नेकपा एमालका केन्द्रिय सदस्य एवम स्कुल विभाग उपप्रमुख इश्वरी रिजाल, केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाका साथै केन्द्रिय सदस्य द्धय धादिङ क्षेत्र नम्बर १ पालिका इन्चार्ज जानुका सिम्खडा, क्षेत्र नम्बर २ पालिका इन्चार्ज रेशम लामा, पाटी केन्द्रिय सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल र रामप्रसाद अधिकारीको आतिथ्य रहेको थियो ।

तीन दिन सम्म चल्ने प्रशिक्षणमा डाक्टर कँडेलका साथै एमाले केन्द्रिय स्कुल विभागका उप प्रमुख इश्वरी रिजाल , धादिङका इञ्चार्ज एवम केन्द्रिय सदस्य धर्मदत्त देवकोटा लगायतका केन्द्रिय नेताहरुले पार्टीको सैद्धान्तिक पक्ष, साँगठनिक गतिविधि लगायतका बिषयहरुमा प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले बताउनु भयो।

प्रशिक्षणमा धादिङ जिल्लाका केन्द्रिय विभागका सदस्यहरु प्रदेश कमिटीका सदस्यहरु जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, गाउँपालिका कमिटीका अध्यक्ष र सचिवहरुको सहभागिता रहेको छ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस