FLASH NEWS


लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र ८, शुक्रबार (१ साल अघि)
  • १३८

    Shares

लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध

८ भाद्र ,२०८०।   लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ।

हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाए पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ।

निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको र कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनु भयो । ‘अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छ’, उहाले भन्नु भयो , ‘वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ।’

पानी पर्न शुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था रहेको उहाको भनाइ भनाइ छ । बाढीले ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको स्थानीयहरुको भनाइ छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस