FLASH NEWS

आज प्रतिनिधिसभा बैठक बस्दै

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र ३, आईतबार (२ साल अघि)
  • ३८५

    Shares

आज  प्रतिनिधिसभा बैठक बस्दै

३ भाद्र २०८०।     आज प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब एक महिनादेखि अवरोध गर्दै आएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो। सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरिय समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसदमा अवरोध गर्दै आइरहेको छ। सरकार छानबिन समिति नबनाउने र प्रतिपक्षी दल बनाउनै पर्ने अडानमा हुँदा संसद बैठक चल्न नसकेको हो।

गत साउन १० गतेदेखि नेकपा एमालले लगातार बैठक अवरोध गर्दै आएको छ। त्यस यता ७ पटक प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । बैठकका कार्यसूचि सार्दै आउँदा आज पनि पुरानै कार्यसूचि राखिएका छन्।

आज राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको पत्र सुनाउने, एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यअवधि थप सम्बन्धि बाधाअड्काउ फुकाउ आदेश पेश गर्नेलगायतका कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस