FLASH NEWS

कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ गते हुने , विषय सूची यस्तो छ?

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण ३१, बुधबार (३ साल अघि)
  • ४४६

    Shares

कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ गते हुने , विषय सूची  यस्तो छ?

३१ साउन ,२०८०।     कक्षा १२ को पूरक परीक्षा (ग्रेडवृद्धि) असोज ६ र ७ गते हुने भएको छ।
बुधबार राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन दिनको लागि आग्रह गरेको छ ।

कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन्। बाँकी दुई विषयमा ‘नट ग्रेडेड’ प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुनसक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीका सबै विषयको परीक्षा हुनेछ। असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा हुनेछ।

हेर्नुहोस् बोर्डको सूचना–

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस