FLASH NEWS

दुवै सदनको बैठक आज बस्दै, यस्तो छ संसदको कार्यसूची

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० श्रावण २२, सोमबार (२ साल अघि)
  • ४६९

    Shares

दुवै सदनको बैठक आज बस्दै, यस्तो छ संसदको कार्यसूची

२२ साउन ,राजाराम डंगोल।  संघीय संसद अन्तर्गतको दुवै सदनको बैठक आज बस्दै छ।
माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधि सभा दुवैको बैठक आज दिउँसो १ बजेको लागि बोलाइएको छ। तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अडानका कारण संसद सुरु हुने नहुने अनिश्चित छ।

एमालेले राजस्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ भने सदनमा सांसददहरुले आफ्नो धारणा राख्न पाउनु पर्ने माग पनि गरेको छ।
सदनमा आफ्ना सांसदहरुले सुन प्रकरण बारे धारणा राख्न पाउनु पर्ने माग राखेको एमालेले आजको संसद पनि अवरोध गर्ने बताएको छ। जसका कारण संसद बैठक सुरु हुने नहुने टुंगो नलागेको हो।

यद्दपि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे राजनीतिक दलका शीर्ष नेताहरुसंग सदन संचालन बारे छलफल गर्दै हुनुहुन्छ। छलफलमा एमालेले आफ्ना अडानबाट पछि हटे वा सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार भएमा संसद अवरोध खुल्नेछ।
संघीय संसद सचिवालयले भने दुवै सदनको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

यस्तो छ, संसदको कार्यसूची

 

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस