FLASH NEWS

युवा संघको उपाध्यक्षमा पाठक र उपसचिवमा गिरीले पाए जिम्मेवारी

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० श्रावण १४, आईतबार (२ साल अघि)
  • ९६२

    Shares

युवा संघको उपाध्यक्षमा पाठक र उपसचिवमा गिरीले पाए जिम्मेवारी

१४ साउन, धादिङ     राष्ट्रिय युवासंघ नेपाल धादिङको बैठकले उपाध्यक्ष र उपसचिवमा पाठक र गिरीलाई जिम्मेवारी दिएको छ ।
शनिबार धादिङबेसीमा सुनिल तामाङको अध्यक्षतामा बसेको बैठकले उक्त जिम्मेवारी तोकेको हो ।
युवाहरुको जिम्मेवारी र भूमिका बारे छलफल गरिएको बैठकमा रिक्त रहेको उपाध्यक्षमा किरण पाठक र उपसचिवमा बिमला गिरीलाई जिम्मेवारी दिएको राष्ट्रिय युवासंघ नेपाल धादिङका अध्यक्ष सुनिल तामाङले टोल टोलको खबर डटकम लाइ जानकारी दिनुभयो ।
१. संगठनको अध्यक्ष क.क्षितिज थेबे माथि भएको साईबर हमालाको ध्यानाकर्षण सम्बन्धमा।
२. ” Mission next election, Target new generation.” ४ महिने अभियानको सम्बन्धमा।
३. रिक्त रहेको जिम्मेवारी पदपूर्ति सम्बन्धमा।
४. जिम्मेवारी हेरफेरको सम्बन्धमा। बैठकमा निर्णय भएको पनि अध्यक्ष तामाङले बताउनु भयो।
नेकपा एमाले धादिङको सहसचिव राधिका सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा राष्ट्रिय युवा संघका नेताहरु मोदनाथ सिलवाल (सन्तोष), कमल सिलवाल, अनिषा बराम ,प्रकाश बराकोटी लगायतको आतिथ्यता रहेको थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस