FLASH NEWS

आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण १०, बुधबार (२ साल अघि)
  • ३२८

    Shares

आज पनि  यी  प्रदेशमा भारी वर्षाको सम्भावना

१० साउन,२०८० ।    आज बागमती, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही तथा बाँकी भूभागका १/२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानेको छ।
बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्ष लगाएत प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

१ हप्ता अघि

सुनको मूल्य घट्यो

खोजी गर्नुहोस