FLASH NEWS

धादिङमा दिनहुँ डेंगुका बिरामी बढ्दै,आज पनि थप ३८ जनामा डेँगु संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० श्रावण ९, मंगलबार (२ साल अघि)
  • ५२२

    Shares

धादिङमा दिनहुँ डेंगुका बिरामी बढ्दै,आज पनि थप ३८ जनामा डेँगु संक्रमण पुष्टि

९ साउन, धादिङ।       धादिङमा आजपनि थप ३८ जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ३५ जना ज्वालामुखी गाउपालिकामा २ जना र खानियावास गाउपलिकामा १ जना गरि आज थप ३८ जनामा डेँगु संक्रमण पुष्टि भएको हो । यो सँगै साउन १ गते देखि आज सम्ममा संक्रमित हुनेको संख्या २ सय ३५ जना पुगेको छ । जसमध्ये १३० जना पुरुष र १०५ जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङ लगायतका सरोकारवाला निकायले सुरक्षित रहन आग्रह गर्दै आएको छ । साथै डेँगु रोग सम्बन्धी सचेतना तथा खोज र नष्ट गर्ने कार्यक्रम संचालन समेत गरेको छ ।त्यस्तै पूरा बाहुला भएका लुगा लगाउन, झुल भित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्न, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

 

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस